विराटनगर डुबानमा

विराटनगर-भारी वर्षा भएपछि कोशी प्रदेशको राजधानी विराटनगर डुबानमा परेको छ । निरन्तरको वर्षासँगै विराटनगरमा विभिन्न ठाउँ डुबानमा परेको हो । विराटनगर महानगरपालिका वडा नम्बर ५, ६, ११ र १२ का बस्ती डुबानमा परेका हुन् । त्यहाँका घरमा पानी पसेपछि स्थानीयको जनजीवन प्रभावित भएको छ । विराटनगरको पूर्वतर्फ सिंघिया र पश्चिमतर्फ केसलिया खोला छन् । मंगलबार…