एउटा पार्टीलाई आफ्नो अध्यक्षलाई सहकारी ठगीबाट जोगाउने चिन्ता छ : महामन्त्री शर्मा

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारमा रहेको एउटा पार्टीलाई आफ्नो अध्यक्षलाई सहकारी ठगीबाट जोगाउने चिन्ता रहेको आरोप लगाएका छन् । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित गर्दै सहकारी ठगीबाट सभापति रवि लामिछानेलाई कसरी जोगाउने भन्ने मात्रै चिन्ता रहेको…