अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्न स्वास्थ्यमन्त्री पौडेलको निर्देशन

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कार्यालय समयमा अस्पतालमा उपलब्ध नहुने चिकित्सकलाई कारबाही गर्न निर्देशन दिएका छन् । मन्त्री पौडेलले गुनासो सुनुवाइ इकाई ‘हेल्लो स्वास्थ्य १११५’मा कार्यालय समयमा चिकित्सक उपलब्ध नभएको गुनासो आएको र अटेर गरेको पाइए कारबाही गर्न मातहतका अधिकारीलाई निर्देशन दिए । विद्युतीय हाजिरी अनिवार्य गर्ने व्यवस्था मिलाउनका लागि समेत उनले…