काठमाण्डु – नवलपरासी पश्चिम र रुपन्देहीबाट प्रहरीले अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । रूपन्देहीको शुद्धोधन गाउँपालिका–१ बाट अवैध लागूऔषध ब्राउनसुगर करीब ५९० मिलिग्रामसहित किसुली बस्ने ३१ वर्षीय मोहन लोनियालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरी टोलीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ । यसैगरी, नवलपरासी पश्चिमको प्रतापपुर…