काठमाण्डु – संघीय संसद्मा पार्टीले गरिरहेको अवरोधलाई निरन्तरता दिने कि नयाँ रणनीतिसाथ अघि बढ्ने भन्नेबारे धारणा बनाउन नेपाली कांग्रेसको संसदीय दल बैठक बसिरहेको छ । संघीय संसद भवनको नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसिरहेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभा बैठकमा लिने तय भएको विश्वासको मत प्रयोजनार्थ बस्ने बैठक अवरोध गर्ने कि नगर्ने भन्नेबारेमा…