आजको मौसम: यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारकाे माैसम पूर्वानुमान गरेकाे छ। हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन,चट्याङ्ग,हावा हुरीसहित हल्का वर्षा भइरहेको छ…