काठमाण्डु - चाइना फाउन्डेशन फर रुरल डेभलपमेन्ट (सीएफआरडी)ले न्यु लाइट फाउन्डेशनसँगको सहकार्य र दक्षिणकाली नगरपालिकासँगको समन्वयमा ‘अफ–सीजन कृषि उत्पादन सीप विकास तालिम’ सुरु गरेको छ । यस तालिमको उद्देश्य युवाहरूलाई रोजगारीका अवसर विस्तार गर्नु र व्यावसायिक कृषि तथा एग्रि–बिजनेसमा स्थानीय क्षमताको सुदृढीकरण गर्नु रहेको छ । तालिममा सैद्धान्तिक कक्षासहित खेतमै आधारित व्यावहारिक सिकाइ समावेश गरिएको…