शुक्रबार दिउँसो एमाले सचिवालय बैठक बस्दै

काठमाण्डु – नेकपा एमालेले ११औं महाधिवेशन उद्घाटन हुनुअघि सचिवालय बैठक बोलाएको छ । शुक्रबार दिउँसो १ बजे पार्टी मुख्यालय च्यासलमा बैठक बस्ने तय भएको छ । एमाले स्रोतका अनुसार बैठकमा पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउने प्रस्तावबारे छलफल हुनेछ । भदौमा सम्पन्न एमालेको विधान महाधिवेशनले पदाधिकारी संख्या १९ बाट घटाएर १५ जनामा झारेको  छ ।…