काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा बुधबार लुम्बिनी लायन्सलाई हराउँदै विराटनगर किङ्सले जितेको छ । लुम्बिनी लायन्सलाई विराटनगरले २ विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ गर्दै लुम्बिनीले प्रस्तुत गरेको १९२ रनको लक्ष्य विराटनगरले १ बल बाँकी छँदै ८ विकेटको क्षतिमा पूरा गरेको छ ।