विराटनगर - सुनसरीमा दुई समूहबीच झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । सुनसरीको हरिनगर गाँउपालिका र देवानगञ्ज गाँउपालिका वडा नम्बर १ र ७ मा स्थानीय प्रशासनले मध्यान्ह १२ बजेदेखि लागू हुनेगरी निषेधादेश जारी गरेकाे हो । बिहीबार एसईई परीक्षाको क्रममा हरिनगर गाँउपालिका- १ स्थित बालकृष्ण माविमा भएको कुटपिटपछि दुई समुदायबीच झडप भएको थियो…