स्वीस उद्यमीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाण्डु - सरकारले स्वीटजरल्याण्डका उद्यमी-व्यवसायीलाई नेपालमा लगानीका निम्ति अभिप्रेरित गर्न स्वीस सरकारसँग अनुरोध गरेको छ। आगामी महिना यहाँ आयोजना हुने लगानी सम्मेलनमा उनीहरूको सक्रिय सहभागिताका निम्ति प्रोत्साहन गर्न स्वीस सरकारलाई सरकारले अनुरोध गरेको हो। नेपाल-स्वीटजरल्याण्ड परामर्श संयन्त्रको मंगलबार बेर्नमा सम्पन्न बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकालले उक्त आह्वान गरेकाे जेनेभास्थित नेपालको राजदूतावासले जनाएको छ। बैठकमा…