काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाण्डु उपत्यका विकास प्राधिकरणमा कार्यरत करार सेवाका शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । करार सेवामा कार्यरत अधिकृत कार्कीले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको आरोप लगाउँदै आयोगले ३ करोड २१ लाख ३२ हजार ९५६ रुपैयाँ बिगो र जरिवानासहित आज बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ…