संसद्मा आज राष्ट्रपतिको सम्बोधन, आजैदेखि संसद् अधिवेशन पनि अन्त्य हुँदै

काठमाण्डु - राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै छन् । संसद् सचिवालयका अनुसार राष्ट्रपति पौडेलले दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधन गर्नेछन् । राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन् । संविधानको धारा ९५ मा राष्ट्रपतिको सम्बोधनसम्बन्धी व्यवस्था छ । सम्बोधनमा राष्ट्रपतिले सरकारका नीति तथा…