काठमाण्डु – प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने एक युवा पक्राउ परेका छन् । नक्कली प्रहरी बनेर समाजमा डरत्रास देखाउँदै हिँड्ने रामेछापको लिखु गाउँपालिका–३ का ३४ वर्षीय आशिष सुनुवार बुधबार काठमाण्डु महानगरपालिका–७ गौरीघाटबाट पक्राउ परेका हुन् । निजले चाबहिललगायत स्थानमा केही समयदेखि आफू केन्द्रीय अनुसन्धान ब्यूरोको सहायक हवल्दार हुँ भन्दै होटल व्यवसायी तथा…