काठमाण्डु – नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले विशेष महाधिवेशनबाट भएका निर्णय नै पार्टीका लागि सर्वोपरी र अन्तिम हुने दाबी गरेका छन् । विशेष महाधिवेशनका निर्णयहरू अद्यावधिक गराउन निर्वाचन आयोग पुगेका थापाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै विधानअनुसार नै विशेष महाधिवेशन सम्पन्न गरिएको बताए । उनले नेतृत्व परिवर्तन सम्बन्धी आवश्यक सबै कागजात आयोगमा बुझाइसकेको जानकारी दिए ।…