तुलसीपुर - लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुने भएको छ । आज दिउँसो ३ बजे प्रदेश सभा बैठक बस्ने प्रस्तावित कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभ कुमार पुनले जानकारी दिए । उनका अनुसार आजको बैठकमा सभामुखले प्रदेश सभाको अधिवेशन आह्वानसम्बन्धी, मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति र कार्य विभाजन सम्बन्धी र विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची…