पुथाउत्तरगंगा-२ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्विरोध

रुकुम -  स्थानीय तहको उपनिर्वाचनमा रुकुम (पूर्व) पुथाउत्तरगंगा गाउँपालिका वडा नं.२ को अध्यक्षमा माओवादीका जगत घर्ती (काजु) निर्विरोध निर्वाचित भएका छन् । वडा नं २ को उम्मेदवारमा माओवादी केन्द्रबाट जगत घर्ती र कांग्रेस र एमालेको गठबन्धनबाट एमालेका जीवन रोकाले उम्मेदवार दर्ता गराएका थिए । जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि  वडाध्यक्षमा जगत घर्ती निर्विरोध भएका हुन्…