भारतीय प्रहरी र नक्सलवादी समूहबीच झडप : ५ जनाको मृत्यु

रायपुर-भारतको छत्तीसगढ राज्यमा भारतीय प्रहरी र नक्सलवादी समूहबीच भएकोे झडपमा पाँच विद्रोहीको मृत्यु भएको प्रहरीले जनाएको छ । छत्तीसगढ राज्यको अबुझमाड जंगलमा शनिबार सशस्त्र झडप भएको र झडपका क्रममा पाँच नक्सलवादी विद्रोहीको मृत्यु भएको प्रहरीले बताएको छ । यससँगै सन् २०२४ मा भएको द्वन्द्वमा ज्यान गुमाउनेको सङ्ख्या २०० को हाराहारीमा पुगेको छ । सीमान्तकृत आदिवासीको…