काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति र केन्द्रीय कार्यसमिति बैठकले पारित गरेको प्रस्ताव १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनसम्म पुग्दा लत्याएका छन् । ललितपुरको गोदावरीमा गत फागुनमा सम्पन्न महासमिति बैठकमा महामन्त्री गगन थापाले निर्वाचन अघि गठबन्धन नगर्ने प्रस्ताव पेस गरेका थिए । त्यो प्रस्ताव महासचिव बैठकले केन्द्रीय समितिले पारित गर्ने निर्णय गर्दै यथास्थितिमा…