काठमाण्डु – देशभर विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । नुवाकोटको किस्पाङ गाउँपालिका–५ मानेगाउँस्थित सडकमा त्रिशुलीबाट भाल्चेतर्फ जाँदै गरेको ना५त ८१६२ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालक रौतहट मौलापुर नगरपालिका–६ पथराबुद्धरामपुर बस्ने १८ वर्षीय धिरज यादवको घट्नास्थलमै मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका–६ प्रेम बस्तीस्थित सडकमा हाल नम्बर नखुलेको…