पोखरा - कास्कीको पोखरा महानगरपालिकामा लोक सेवा आयोगबाट सिफारिस भएका स्थायी कर्मचारी हाजिर भएका छन् । स्थायी नियुक्ति लिएर ४५ कर्मचारी हाजिर हुन आएकाले महानगरको २६औं कार्यपालिका बैठकले मंसिर १ गतेबाट करारमा कार्यरत ३५ कर्मचारीलाई बिदाइ गर्ने निर्णय गरेको छ । बिहीबार बसेको कार्यपालिका बैठकले इन्जिनीयर, सबइन्जिनीयर, शिक्षक र सामाजिक परिचालिकालाई बिदा दिने निर्णय गरेको…