जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन नगर्नू : सर्वाेच्च अदालत

काठमाण्डु – फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले आदेश दिएको छ । सरकारी निर्णयविरुद्ध सर्वाेच्चमा परेको रिटमाथि सुनुवाइ गर्दै अदालतले फागुन १ गतेलाई जनयुद्ध दिवस मानेर सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले शुक्रबार …