काठमाण्डु – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ललितकला क्षेत्रबाट देशको अर्थतन्त्रमा ठूलो योगदान पुगेको बताएका छन् । मंगलबार मन्त्रालयमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको टोलीसँगको छलफलका क्रममा उनले समन्वयात्मक रूपमा अझै ललितकला क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिए । ‘प्रतिष्ठान भनेका हाम्रा थिंकट्यांक हुन् । तपाईंहरूले सीमित स्रोत साधनका बीच पनि राम्रो काम गरिरहनुभएको छ ।…