काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनालले मध्यपूर्वको द्वन्द्वबाट प्रभावित नेपाली नागरिकहरूको तथ्यांक संकलन गरिरहेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले तथ्यांक संकलनमा अहिलेसम्म झन्डै ८८ हजारभन्दा बढी नेपालीले नाम टिपाएको जाकारी दिए । साथै तुरुन्तै नेपाल आउनुपर्ने परिस्थितिलाई मध्यनजर गर्दै नेपाल एयरलाइन्स र पर्यटन मन्त्रालयसँग समन्वय गरेर सहजिकरण गरिसकेको उनले बताए । उनले…