बैतडी – जिल्लाको पाटनमा जारी चौथो संस्करणको पाटन प्रिमियर लिगअन्तर्गत शुक्रबार भएको खेलमा कुलगडे क्रिकेट क्लब विजयी भएको छ । कुलगडेले रिभर साइड युवा क्लबलाई ६ विकेटले पराजित गरेको हो । रिभर साइडले दिएको १५९ रनको लक्ष्य कुलगडेले १६ दशमलव २ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । उसका लागि पंकज लुहारले ४७ रनको योगदान दिए…