काठमाण्डु – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ । बबरमहलस्थित केन्द्रीय कार्यालयमा बुधबार भएको शीर्ष नेताहरूको छलफलबाट मंसिर २४ र २५ गते काठमाण्डुमा केन्द्रीय समितिको बैठक बोलाउने निर्णय भएको लोसपाका सचिव मनिष मिश्रले जानकारी दिए । राष्ट्रियसभा सदस्य चुनाव, केन्द्रीय समिति विस्तार, महाधिवेशन, भातृ संगठन गठन लगायत विषयमा बैठकमा छलफल हुने…