पोखरीमा डुबेर बालिकाको मृत्यु

रौतहट – जिल्लाको ईशनाथ नगरपालिका–५ मोतिपुरमा पोखरीमा डुबेर बालिकाको मृत्यु भएको छ । स्थानीय शेख अजेलकी ४ वर्षीया छोरी हसमत ताराको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।