जाजरकोट- चिसोबाट जाजरकोटमा एक महिने शिशुको निधन भएको छ। भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका-२ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी निरुताको चिसोले निधन भएको हो। भेरी-२ का पूर्ववडाध्यक्ष कालिबहादुर वलीका अनुसार तीन दिनअघि बिरामी परेकी शिशुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो। निमोनियाले बिरामी परेकी निरुताको उपचारका क्रममा मृत्यु भएको जिल्ला…