भारतीय ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

जनकपुर – धनुषा जिल्लामा भारतीय ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिका–९ का १९ वर्षीय राजेश ठोकर र गणेशमान चारनाथ नगरपालिका–२ का अन्दाजी १८ वर्षीय टेमा मोक्तान रहेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जन अवाले जानकारी दिए । गए राति करीब पौने १ बजे…