काठमाण्डु - काठमाडौँको वसन्तपुरस्थित काष्ठमण्डपमा अञ्जली मास्के (अञ्जली दिदी)ले दिदीबहिनी नभएका दाजुभाइलाई भाइटीका लगाइदिएकी छन् । विसं २०५५ सालदेखि निरन्तर सामूहिक भाइटीका लगाइदिँदै आएकी अञ्जली दिदीले बुधबार करिब दुई सय जना दाजुभाइलाई सप्तरङ्गी टीका र मखमलीको माला लगाइदिइन् । अञ्जली दिदीसँग टीका लगाउन विभिन्न उमेर समूहका दाजुभाइ काष्ठमण्डपको मरु सत्तलमा भेला भएका थिए । काष्ठमण्डपमा…