सय दिनसम्म पनि प्रधानमन्त्री र मन्त्रीहरूले सार्वजनिक गरेनन् सम्पत्ति विवरण

काठमाण्डु - प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रिपरिषद्का सदस्यहरूले सरकार गठन भएको सय दिनसम्म पनि सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । सुशासनको नारा दिने प्रधानमन्त्री ओलीले बुधबार सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक गरेका छन् । अहिलेसम्म उनको मन्त्रिपरिषद्का कुनै पनि सदस्यको सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेब पोर्टलमा देखिन्न । प्रधानमन्त्री र…