भूकम्प प्रभावित क्षेत्रमा टेलिकमका फोन तथा म्यासेज ५ दिनसम्म निःशुल्क

काठमाण्डु- नेपाल टेलिकमले रुकुम पश्चिम, जाजरकोट र रुकम पूर्व क्षेत्रमा ५ दिनका लागि भ्वाइस कल र एसएमस सेवा निःशुल्क गराएको छ । भूकम्प प्रभावित क्षेत्रमा सञ्चार सेवा अवरुद्ध हुन नदिने विषयमा छलफल गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको आह्वानमा आज बिहान मन्त्रालयमा बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो। उक्त सिम कम्पनीको सुर्खेत, रुकुम…