घर अगाडि धुनी तापिरहेका बेला बसको ठक्करबाट १ जनाको मृत्यु

काठमाण्डु – रौतहटमा बसको ठक्करबाट शुक्रबार १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । काठमाण्डुबाट रौतहटको पिप्राबजारतर्फ जाँदै गरेको ना६ख १४६३ नम्बरको बसको ठक्करबाट माधवनारायण नगरपालिका–६ का ६५ वर्षीय ब्रम्हदेव दास तत्माको घटनास्थलमै मृत्यु भएको छ । आफ्नै घर अगाडि बिहान धुनी तापेर बसिरहेका बेला उनलाई बसले ठक्कर दिएको प्रहरीले जानकारी…