काठमाण्डु – देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । रूपन्देहीको सियारी गाउँपालिका–२ कुट्टामा मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालक सिद्धार्थनगर नगरपालिका–३ खजहना बस्ने १६ वर्षीय अभिषेक कुर्मीको मृत्यु भएको छ । बेथरीबाट अमुवातर्फ जाँदै गरेको लु३१प ९१५९ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनको…