काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै समारोहमा ३ वटा आयोगका प्रतिवेदन पेश भएका छन् । नेपालको संविधानको धारा २९४ बमोजिम मुस्लिम आयोग, आदिवासी जनजाति आयोग र थारू आयोगका प्रतिवेदनमा पेश गरिएको हो । राष्ट्रपतिसमक्ष आयोगका अध्यक्षत्रय समिम मियाँ अन्सारी, रामबहादुर थापामगर र विष्णुप्रसाद चौधरीले आ–आफ्नो आयोगको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन…