काठमाण्डु – राजधानी काठमाण्डु बाहिरका विभिन्न ८ विमानस्थलमा शनिबार राति १० बजेसम्म आन्तरिक उडान सञ्चालन हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले राति १० बजेसम्मका लागि उडान खुलाउने निर्णय गरेको हो । प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार काठमाण्डु बाहिरका ८ विमानस्थलमा उपकरणको सहायताले गरिने उडान इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आईएफआर) उडान मात्रै खुलाएको हो ।…