काठमाण्ड- कैलालीको अत्तरियामा बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। धनगढीबाट डडेल्धुराका लागि छुटेको बस आज अत्तरियामा दुर्घटना भएको हो। धनगढीबाट जोगबुढाका लागि छुटेको शिवपुरी यातायातको ना ४ ख ९५५४ नम्बरको बस गोदावरीमा दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। जोगबुढाका हरिश भट्टराईले चलाएको बस अनियन्त्रित भएर सडकको नालीमा पल्टिएको थियो ।…