न्यूयोर्कका लागि उडेको एयर इन्डियाको विमानमा बम रहेको धम्की आएपछि…

मुम्बई- मुम्बईबाट न्यूयोर्कका लागि उडेको एयर इन्डियाको विमानमा फेरी बम रहेको धम्की आएको छ । २३९ यात्रू रहेको विमानमा बम रहेको धम्की आएपछि नयाँ दिल्लीमा अवतरण गराइएको छ । दिल्ली एयरपोर्टमा अवतरण गरेर तलासी लिदा विमानमा केहि नभेटिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । सबै यात्रु सकुशल रहेको र थप अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएको छ…