कठमाण्डु-सुनसरी निर्वाचन क्षेत्र नं.१ का जनप्रतिनिधि सम्मिलित एक प्रतिनिधिमण्डल धरानको भौतिक पूर्वाधार, सडक, खानेपानी, विपद् व्यवस्थापन र जनसरोकारका विषयमा सङ्घीय सरकारका उच्च अधिकारीको ध्यानाकर्षण गराउन काठमाडौँ आएको छ । भदौ १३ र १७ गतेको भीषण वर्षाले कोशी राजमार्गमा भएको क्षति, धरान उपमहानगरपालिका–१३ भएर बग्ने खहरेखोलाको बाढीबाट भौतिक पूर्वाधारमा भएको हानी, पुनःनिर्माणलगायत जनसरोकारका विषय सम्बोधनका निम्ति…