काठमाण्डु महानगरद्वारा भाटभटेनी सुपरमार्केटलाई २ लाख जरिवाना

काठमाण्डु – काठमाण्डु महानगरपालिकाले भाटभटेनी सुपरमार्केटलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । सडेगलेको सामान बेचेको भन्दै महानगरको कृषि तथा पशुपंक्षी विभागले त्रिपुरेश्वरस्थित भाटभटेनी सुपरमार्केटलाई जरिवाना तिराएको छ । भाटभटेनीले किरा लागेको खानेकुरा बेचेको गुनासो आएपछि गरिएको अनुगमनमा ढुसी लागेको नरिवल बेचेको पाइएको हो । विभागले आगामी दिनमा उच्च गुणस्तरयुक्त खाद्यपदार्थ मात्रै बिक्री गर्न सचेत…