काठमाण्डु - यस वर्ष चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार एमआरएनए कोभिड खोप विकासमा योगदान गर्ने दुई वैज्ञानिकले पाएका छन् । न्युक्लियोसाइड बेस परिमार्जन गर्दै कोभिड-१९ विरुद्ध प्रभावकारी एमआरएनए खोप विकासलाई सक्षम बनाएकोमा डा. क्याटालिन कारिको र डा. ड्र्यू वेइसम्यानलाई नोबेल पुरस्कार प्रदान गरिएको हो । नोबेल पुरस्कार समितिले आधुनिक समयमा मानव स्वास्थ्यको सबैभन्दा ठूलो खतराका बेला खोप…