काठमाण्डु - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा नेपालले चीनद्वारा प्रस्तावित ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई) लाई समर्थन गरेको छ । नेपाल–चीनबीच भएको १३ बुँदे सम्झौताको संयुक्त प्रेस विज्ञप्तिमार्फत नेपालले जीडीआईलाई समर्थन गरेको जनाइएको छ । ‘नेपालले जीडीआईको मित्र समूहमा सामेल हुन विचार गर्नेछ । चिनियाँ पक्ष नेपाली पक्षसँग विकासको अनुभव आदानप्रदानलाई सुदृढ गर्न तयार…