लुम्बिनीमा मन्त्रीहरूका लागि आचारसंहिता लागू

काठमाण्डु-लुम्बिनी प्रदेश सरकारले मन्त्रीहरूका लागि आचारसंहिता बनाएको छ । प्रदेश सरकारका कामकारबाहीलाई उत्तरदायी, पारदर्शी, सहभागितामूलक तथा मितव्ययी बनाउन आचार संहिता लागू गरिएको मन्त्रिपरिषद्ले जनाएको छ । मन्त्रिपरिषद् सदस्यको प्रतिष्ठालाई उच्च राख्दै उनीहरूबाट हुने व्यक्तिगत वा सामूहिक कार्यलाई निष्पक्ष, पारदर्शी एवम् विश्वसनीय तवरले सम्पादन गर्न आचारसंहिता निर्माण गरिएको हो । मन्त्रिपरिषद् सदस्यका आचरण र व्यवहारलाई आधारभूत…