काठमाण्डु- काठमाण्डु देशभरका शिक्षकहरु विद्यालयमा विद्यार्थीलाई पढाउन छोडेर काठमाण्डु आएका छन् । सरकारले हालै सदनमा पेश गरेको शिक्षा विधेयकविरूद्ध प्रदर्शन गर्न ७७ वटै जिल्लाका राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारीहरु काठमाण्डु आएका हुन् । ७७ वटै जिल्लाबाट काठमाण्डु आएका शिक्षकहरु माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिरहेका छन् । बुधवारबाट सुरु भएको काठमाण्डु केन्द्रित आन्दोलन…