नेपाल बार एशोसिएशनको साधारणसभा सुर्खेतमा हुने

काठमाण्डु – नेपाल बार एशोसिएशनको केन्द्रीय साधारणसभा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने भएको छ । साधारणसभा असोज १२ र १३ गते सुर्खेतमा हुने केन्द्रीय उपाध्यक्ष उत्तमप्रसाद आचार्यले जानकारी दिए । आर्थिक वर्ष २०७८/०७९ र २०८९/०८० को साधारणसभा सुर्खेतमा गरिँदैछ । साधारण सभामा देशभरका ७७ जिल्लाबाट करीब ११ सय प्रतिनिधि सुर्खेत आउने जनाइएको छ ।