चीन भ्रमणबारे छलफल गर्न बोलाइएको बैठकमा प्रधानमन्त्री प्रचण्ड गएनन्

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदीय समितिको बैठकमा अनुपस्थित भएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहीबारको बैठकमा प्रधानमन्त्री प्रचण्ड अनुपस्थित भएका हुन् । उक्त बैठकमा आसन्न चीन भ्रमणका एजेण्डाबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डलाई बोलाइएको थियो । तर, उनी बैठकमा अनुपस्थित भएपछि परराष्ट्रमन्त्री एनपी साउदसँग संसदीय समितिले छलफल गरिरहेको छ ।