काठमाण्डु-हालै अविरल वर्षासँगै आएको बाढीपहिरोबाट अवरुद्ध सडक तथा राजमार्ग केही खुले पनि केही सडक अझै पूर्णरुपमा ठप्प छन् । नेपाल प्रहरीले आज सडक तथा राजमार्गहरूको अवस्थाबारे जानकारी दिँदै काठमाडौँ उपत्यकासहितका साना सडकदेखि कतिपय राजमार्ग समेतमा अझै सवारी सञ्चालन हुन नसकेको जनाएको छ । पहिरोका कारण काठमाडौं उपत्यकाअन्तर्गत दक्षिणकाली नगरपालिका–८ स्थित सिस्नेरी सडकखण्ड अझै पूर्ण रुपमा…