जनकपुर – राष्ट्रपति रामचन्द्र पौडेलले जनताको ठूलो बलिदानबाट प्राप्त भएको संघीयतालाई मजबुत बनाउन आवश्यक पर्ने कानूनको निर्माणमा ढिलाइ गर्न नहुने बताएका छन् । जनकपुरधाम उपमहानगरपालिकाले आज सोमबार जनकपुरधामको नवनिर्मित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले निजामती ऐन तथा प्रहरी ऐन चाँडो ल्याउनका लागि दलका शीर्ष नेतासँग पहल गर्ने…