सोलुखुम्बुमा पहिरोले घर बगाउँदा ५ जनाको मृत्यु

काठमाण्डु-सोलुखुम्बुमा शनिवार दुई वटा घर पहिरोले बगाउँदा पाँच जनाको मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालिका–९ र १० मा गएको पहिरोमा परेर पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । मृत्यु हुनेमा वडा नम्बर ९ स्थित माइती घर आएकी सोलुदुधकुण्ड नगरपालिका–२ का छिरिङ शेर्पाको श्रीमती २३ वर्षीया ल्हामु शेर्पा, उनकी सात महिनाका छोरा…