पाँचथर दुर्घटनामा ६ जनाको मृत्यु, मृतक र घाइतेको पहिचान खुल्न बाँकी

फिदिम – तमोर करिडोर अन्तर्गत पाँचथरको कुम्मायक गाउँपालिका–३ रानीगाउँको कार्तिकेमा भएको बोलेरो जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको पुष्टि भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन्, घाइतेहरूलाई उपचारका लागि धरान पठाइएको प्रहरीले जनाएको छ । मृतक र घाइतेहरूको पहिचान हुन बाँकी रहेको बताइएको छ । ताप्लेजुङबाट धरानतर्फ जाँदै गरेको मे१ज ३०५५ नम्बरको जीप…